आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
शनिबार, २९ मङ्सिर २०८१, ०६ : ५२
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो ।
बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसीले वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको जानकारी दिए । एउटा चितुवा तत्कालै भागे पनि अर्को चितुवा धेरै बेरसम्म एकैठाउँमा बसेपछि स्थानीयवासीमा त्रास समेत उत्पन्न भएको थियो ।
उनले भने, “बजार क्षेत्रमै चितुवाको त्रास बढेको छ । चितुवालाई नियन्त्रणका लागि पासो राखिएको छ ।” झिसमिसे बिहान र साँझको समयमा घर बाहिर एक्लै नहिँड्न वडावासीलाई आग्रह गरिएको वडाध्यक्ष केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण