शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आइतबार, ३० मङ्सिर २०८१, १० : ४८

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले रातोपाटीलाई बताए । ३८ वर्षीय आचार्यको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र र राजतन्त्र : भ्रम र यथार्थ
-
मन्त्रिपरिषद् बैठकबाट मधेस सरकारको बजेट पारित
-
गण्डकी सरकारले स्वास्थ्य, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयका लागि कति छुट्यायो बजेट ?
-
कामबाट समयमा डेरा फर्किइनन् अञ्जना, खोज्न जाँदा भेटियो दुई जनाको शव
-
सालघारीको फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन
-
गण्डकी सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजन गर्यो २ अर्ब ३९ करोड बजेट