शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आइतबार, ३० मङ्सिर २०८१, १० : ४८
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले रातोपाटीलाई बताए । ३८ वर्षीय आचार्यको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण