अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता
आइतबार, ३० मङ्सिर २०८१, १० : ५५

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो ।
पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु एक हजार प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ ।
भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो