चाडपर्व
तस्बिरमा हेर्नुहोस् साकेला उँधौलीको रौनक (फोटोफिचर)
आइतबार, ३० मङ्सिर २०८१, ११ : ०९
काठमाडौँ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठुलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ ।
पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा आज ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा, धामीहरूले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको सुरुआत गरिएको छ ।
वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।
कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात समुदायमा रहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_PyZjbWSK8e.jpg)
_fX22k8krbR.jpg)
_XKnI4RT9H8.jpg)
_0917NWGLHa.jpg)
_i8xTHHHyFp.jpg)
_S1awpRfdKb.jpg)
_XV5hlaz9HD.jpg)
_lhXA0dT7uF.jpg)
_2wOZIZOkAY.jpg)
_GbI8zrbT9p.jpg)
_gTdpXdrvXB.jpg)
_NP2lMBnRfK.jpg)
_ZZNpZbYeR1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण