आईरिस प्रणाली लागू गर्न वैदेशिक रोजगार विभागले तोक्यो अन्तिम मिति
काठमाडौँ । वैदेशिक रोजगार विभागले आगामी ३ पुसपछि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको छ । पटक पटक सूचना जारी गर्दै स्थगित गर्दै आएको विभागले अन्तिम पटक मिति तोकेको हो । उक्त मितिमा जसरी पनि आईरिस सिस्टम लागू गर्ने विभागले जनाएको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ । बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो । सोही आधारमा विभागले गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको थियो । तर, उक्त मितिमा लागू हुन सकेन । विभागले अहिले आईरिस र बायोमेट्रिक दुवै सिस्टम लागू भइरहेको जनाएको छ ।
विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ । जसले गर्दा हालसम्म हुँदै आएका अनियमितामा पूर्ण रोक लाग्ने विभागको अपेक्षा छ । विभागका इन्जिनियरले अध्यागमन विभाग, राहदानी विभाग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरेर उनीहरूको सिस्टमसँग जोडेको विभागले जनाएको छ ।
हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घले व्यवसायीले झन्डै १३ करोड खर्च गरेर थप भौतिक पूर्वाधारसहितका उपकरण जडान गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण