गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङमा आर्मी टिम च्याम्पियन
काठमाडौँ । नेपाल आर्मी ‘छैटौँ गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता’ मा टिम च्याम्पियन बनेको छ । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा चापागाउँमा भएको प्रतियोगितामा आर्मी तीन स्वर्ण, चार रजत र पाँच कांस्य पदकसहित टिम च्याम्पियन बनेको हो ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा आयोजकको टोली तीन स्वर्ण, एक रजत र दुई कांस्यसहित दोस्रो भयो । तेस्रो स्थान हासिल गरेको एपीएफ क्लबले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक जित्यो ।
शीर्ष तीन स्थानमा रहने टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगिताको पुरुषतर्फ एपीएफ क्लबका अमित महर्जन र महिलातर्फ आयोजककी करिष्मा कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही २५ हजार रुपैयाँ नगदसंगै अनर मोबाइल पनि हात पारे ।
मुवाँथाईका ओमकार मगर उदीयमान खेलाडी चुनिए भने साइशन फुल कन्ट्याक्टले अनुशासित टोलीको ट्रफी हात पा¥यो । तीन दिने प्रतियोगितामा एक सय तीन पुरुष र ४९ महिला खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रत्येक तौल समूहका स्वर्ण विजेतालाई ३० हजार, रजतलाई १५ हजार र कांस्य पदक विजेतालाई आठ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्ण पदक विजेतालाई अनर मोबाइल पनि प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण