वामदेवले फर्काए ओलीलाई जवाफ : मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने लागेको थिएन
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विषयलाई तोडमोड गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको बताएका छन् ।
ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर आफ्नो बदनाम गर्ने कोसिस गरेको गौतमको भनाइ छ ।
सोमबार ओलीलाई जवाफ फर्काउँदै गौतमले शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन् । गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमको भनाइ छ ।
‘मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ । त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ नमस्कार कमरेड भन्नु भयो।’
उनले अगाडि भनेका छन्, ‘ त्यसपछि मैले उहाँलाई भनेँ, एउटा सिरियस लिंक मेरोमा आयो । केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइ दिएको छु तु उहाँलाई पठाइ दिनोस्। मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ।’
राजेशसँग यो भन्दा बढी आफूले एक शब्द पनि नबोलेको दाबी गर्दै गौतमले फोन नम्बर राजेश कै भएको र उनलाई धुलोमा खेल्ने अवस्थादेखि आफूले चिनेको बताएका छन् ।
‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन। क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ’, गौतमले ओलीलाई सम्बोधन गरेर लेखेको जवाफमा उल्लेख छ ।
केही दिनअघि ओलीले आफूलाई फोन गरेर गौतमले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेको दाबी गरेका थिए । गौतमसँग आफूले नै राजेशको मोबाइलमार्फत कुरा गरेकाे भएपनि उनले नचिनेको ओलीले बताएका थिए । प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठुला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण