केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
पर्वत । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन् ।
माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेस्रो अधिवेशन उद्घाटन गर्दै पुनले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरूको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे ।
प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरूले आपत्ति जनाएको पुनको भनाइ थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठुला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी समझदारी गरेको स्मरण उनले गरे । तर, वर्तमान सरकारले छिमेकीहरूका बिचमा असन्तुलित सम्बन्ध राख्न खोजेकाले आफ्ना अध्यक्ष प्रचण्डले खबरदारी गरेको उनले उल्लेख गरे ।
‘विश्वको राजनीति बहुध्रुवीयबाट व्यवस्थातिर गइरहेका बेला मुलुकको कूटनीति सञ्चालन गर्दा कतैतिर नढल्किने गरी परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा वर्तमान सरकारले असन्तुलित नीति अपनाएको छु’, पुनले भने, ‘चार महिनासम्म लगातार प्रयास गर्दा पनि भारतले नबोलाएपछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो । एकातिर ढल्किन खोज्ने, अनि नपत्याएपछि उसलाई देखाइदिन अर्को छिमेकीतिर ढल्किने तरिकाले हाम्रो राष्ट्रिय स्वाधीनता कमजोर बनाउँछ । चीन र भारतका बिचमा खेलेर होइन, दुवैसँग सहयोग लिने र सन्तुलन कायम गर्न जोड दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ पुनले ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटकपटक अनुनय विनय गरेर बोलाउन लगाएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म उत्तर छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण