‘एक्टर’को ‘चिरी च्याट्ट बरिलै’ गीतमा रोमान्टिक प्रिन्स र कविता
काठमाडौँ । ‘एक्टर’ ४ माघबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई तीव्र बनाएको छ । यस्तैमा निर्माण युनिटले फिल्मको ‘चिरी च्याट्ट बरिलै’ गीत सार्वजनिक गरेको छ ।
रोमान्टिक शैलीको गीतमा रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर र सम्राट् थापाको सङ्गीत छ । गीत फिल्मका कलाकार प्रिन्स थापा र कविता नेपालीमाथि फिचर्ड गरिएको छ ।
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण फिल्म हो । फिल्मका निर्माता मनोहरि थापा हुन् ।
फिल्ममा प्रिन्स र कविताको अलवा शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिवु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ ।
सम्राट् थापाको कथा तथा सङ्गीत रहेको फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाङ्कन छ । फिल्मको निर्देशन मदन घिमिरेले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण