२.९५ अंकले बढ्यो नेप्से
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकको वृद्धि भयो । यसअघिका केही कारोबार दिन लगातार घटेको बजार मंगलबार अन्तिम समयमा करिब ३ अंकले बढेको हो ।
न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा छ ।
मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
मंगलबार ११७ कम्पनीको मूल्य घटेको छ । जसमा कुथेली बुखरी जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आरबीबी म्युचुअल फन्ड २ र रिभर फल्स पावर लिमिटेडको मूल्य ५ प्रतिशतले घट्यो । मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।
३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार कुनै पनि उपसमूहको सूचक १ प्रतिशत पनि बढ्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण