कैलालीका ५ पालिकामा माओवादीको सम्मेलन सम्पन्न, केहीमा विवाद
धनगढी । नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही पालिकामा सम्मेलन सम्पन्न गरेको छ । माओवादी केन्द्रको केन्द्रीय परिपत्र अनुसार मंसिरभित्र पालिका सम्मेलन सम्पन्न गरिसक्नुपर्ने भए पनि सम्पन्न हुन नसकेको जिल्ला पार्टी कमिटीले जनाएको छ ।
कैलालीमा माओवादी केन्द्रभित्रको आन्तरिक खिचातानीले पालिकास्तरका सम्मेलनहरू तोकिएको समयमा हुन नसकेको बताइएको छ । १३ पालिका रहेको कैलालीमा मंसिर ३० गते नै अधिकांश पालिकाहरूको सम्मेलन उद्घाटन गरिएको थियो । तर हालसम्म कैलारी गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, मोहन्याल गाउँपालिका र धनगढी उपमहानगरपालिकामा मात्रै सम्पन्न हुन सकेको हो ।
कैलारीमा बतासु चौधरीको नेतृत्वमा नयाँ समिति बनेको छ । भजनी नगरपालिकामा जगत बिक, जोशीपुर गाउँपालिकामा दिर्घ विनाडी, जानकी गाउँपालिकामा कृष्ण सोडारी, मोहन्याल गाउँपालिकामा देवीदत्त उपाध्याय र धनगढी उपमहानगरपालिकाको अध्यक्षमा बलबहादुर ऐरको अध्यक्षमा नयाँ समिति बनेको छ ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका, चुरे गाउँपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिकामा सम्मेलन हालसम्म हुन नसकेको हो ।
जिल्लाको गौरीगंगा नगरपालिकामा त झन् निर्वाचन समिति नै दुई वटा गठन भएपछि सम्मेलनको निर्वाचन कार्यक्रम नै स्थगित थियो । पछि माओवादीको केन्द्रको निर्वाचन आयोगले २०७८ मा गठित निर्वाचन समितिले नै निर्वाचनको कार्यक्रम अगाडि बढाउनुपर्ने निर्देशन दिएपछि निर्वाचनको कार्यक्रम अगाडि बढाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण