मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
काठमाडौं । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गएको कात्तिक महिनामा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ बराबर सङ्कलन भएको हो ।
मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।
काठमाडौँ उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । ती मध्ये मालपोत कार्यालय कलङ्कीले २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले सात करोड ५० लाख २२ हजार छ सय २९, मनमैजुले सात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले सात करोड १२ लाख ४५ हजार सात सय ६५ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।
यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।
विभागमा अनुसार मङ्सिरमा सेवा कर २६ करोड छ लाख २५ हजार छ सय ९०, रजिष्टे«शन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० रुपैयाँ बराबर संकलन गरेको छ । त्यस्तै, एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ रुपैयाँ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण