चितवनले जित्यो टस, पहिले फिल्डिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । टस जितेर उसले पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेलमा चितवन राइनोज र कर्णाली याक्स दुवै ‘गर वा मर’को स्थितिमा रहने छन् ।
जारी एनपीएलमा आठ टोलीको सहभागिता रहेको थियो । प्रारम्भिक चरणको समाप्तिपछि लिग तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्ले अफ चरणमा पुग्ने प्रावधान थियो । पहिलो र दोस्रो स्थानमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्ने तथा तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘एलिमिनेटर’ खेल्ने प्रावधान रहेको थियो ।
सोही अनुरुप चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनेटर’ खेल खेल्न लागिएको हो । यो खेलमा पराजित हुने टोली स्वतः उपाधि होडबाट बाहिरिने छ । तर, यो खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि थप एउटा अवसर प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण