जनकपुरले जित्यो टस, पहिले ब्याटिङ गर्ने निर्णय
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्टसले टस जितेको छ । यससँगै उसले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम रोयल्स लिग चरणमा शीर्ष स्थानमा रहन सफल भएको टोली हो । टोलीले खेलेका कूल ७ मध्ये एक खेलमा मात्र बेहोर्दै १२ अङ्क बटुल्दै शीर्ष स्थान कब्जा गर्न सफल रह्यो ।
सुदूरपश्चिमले पहिलो खेलमा कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा टोलीले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक खेलमा ५ रनले मात दियो ।
आफ्नो विजयी यात्रा जारी राख्दै टोलीले जनकपुर बोल्ट्सलाई ७२ रनको विशाल अन्तरले हरायो । तर, चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले स्तब्ध बन्न पुग्यो ।
त्यसपछि भने टोलीले लगातार तीन खेलमा जित निकाल्ने क्रममा लुम्बिनी लायन्सलाई ४५ रन, काठमाडौँ गुर्खाजलाई ७३ रन तथा विराटनगर किंग्सलाई ९० रनले पराजित गर्यो ।
यता, जनकपुर बोल्ट्स भने दोस्रो स्थानमा रहेको टोली हो । टोलीले ७ खेलमध्ये ५ मा जित र २ खेलमा हार बेहोरेको थियो । टोलीले लिग चरणमा कूल १० अङ्क बटुल्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण