भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
बुधबार, ०३ पुस २०८१, १४ : ०२
काठमाडौँ । भुटानको दुईवटा उमेर समूहको महिला फुटबल टोली नेपाल भ्रमणमा आएको छ । भुटानको टोलीले उमेर समूहको नेपाली महिला टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, भुटानको यू–१६ र यू–१९ राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो । नेपालको यू–१६ र भुटानको यू–१६ टोलीबिच डिसेम्बर २० तारिखमा पहिलो मैत्रीपूर्ण खेल खेलिने छ ।
नेपालको यू–१९ टोली र भुटानको यू–१९ टोलीबिचको मैत्रीपूर्ण खेल डिसेम्बर २२ मा खेलिने छ । दुबै मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने एन्फाले जनाएको छ । दुबै खेल दिउँसो २ः०० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण