प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष रञ्जित तामाङले सुशासन, सामाजिक न्यायसहित समाजवादका लागि विचार मिल्ने शक्तिहरूबिच एकता आवश्यक भएको बताएका छन् ।
माओवादीसँग पार्टी एकता गर्ने निर्णय लामो समय प्रचण्डले कार्यान्वयन नभएको नेकपाले असन्तुष्टि जनाएको बेला तामाङले एकताका लागि जोड दिएका हुन् । २०८४ को निर्वाचनलाई २०६४ सालमा फर्काउन पनि विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य भएको बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै तामाङले लेखेका छन्, ‘माओवादीहरुको ०८४ लाई ०६४ मा फर्काउन पुन: एकता जरुरी छ । विकासका लागि, समृद्धिका लागि, सुशासनका लागि भ्रष्ट्राचार विरोधिहरुको मोर्चा जरुरी छ । शासकीय सुधारका लागि, मौलिक हक कार्यान्वयनका लागि सामाजिक न्यायसहित समाजवादका लागि विचार एजेण्डा मिल्नेरूबिच सहकार्य जरुरी छ ।’
मंगलबार सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले एकताका लागि आफूहरूले सदासयता देखाए पनि प्रचण्ड उदासीन भएको निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त