प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष रञ्जित तामाङले सुशासन, सामाजिक न्यायसहित समाजवादका लागि विचार मिल्ने शक्तिहरूबिच एकता आवश्यक भएको बताएका छन् ।
माओवादीसँग पार्टी एकता गर्ने निर्णय लामो समय प्रचण्डले कार्यान्वयन नभएको नेकपाले असन्तुष्टि जनाएको बेला तामाङले एकताका लागि जोड दिएका हुन् । २०८४ को निर्वाचनलाई २०६४ सालमा फर्काउन पनि विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य भएको बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै तामाङले लेखेका छन्, ‘माओवादीहरुको ०८४ लाई ०६४ मा फर्काउन पुन: एकता जरुरी छ । विकासका लागि, समृद्धिका लागि, सुशासनका लागि भ्रष्ट्राचार विरोधिहरुको मोर्चा जरुरी छ । शासकीय सुधारका लागि, मौलिक हक कार्यान्वयनका लागि सामाजिक न्यायसहित समाजवादका लागि विचार एजेण्डा मिल्नेरूबिच सहकार्य जरुरी छ ।’
मंगलबार सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले एकताका लागि आफूहरूले सदासयता देखाए पनि प्रचण्ड उदासीन भएको निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण