रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण : मेयर कोइराला
_rDSfqvCbrG.jpg)
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक गुणस्तर वृद्धि र रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । प्याब्सन विराटनगरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयलाई सँगसँगै लान सके मात्रै शिक्षाको गुणस्तर वृद्धि हुने बताएका हुन् ।
उनले कमजोर र कम विद्यार्थी सङ्ख्या भएका सामुदायिक विद्यालयलाई मर्जर गर्ने नीति महानगरले लिएको उल्लेख गरे । मेयर कोइरालाले संस्थागत विद्यालयहरूले पनि कमजोर विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
महानगरले विगतदेखि नै प्याब्सनसँग सहकार्य गरेर अगाडि बढिरहेको पनि उनले स्मरण गाए । उनले भविष्यमा पनि प्याब्सनसँग सहकार्य गरेर अगाडि बढ्न महानगर तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
मेयर कोइरालाले नवनिर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, सचिव चिरञ्जीवी तिम्सिना, कोषाध्यक्ष गोपाल रिजाललगायतलाई खादा लगाएर बधाई तथा शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठले शिक्षासँग सम्बन्धित हरेक गतिविधिमा प्याब्सन महानगरसँगै रहेको बताए । अध्यक्ष श्रेष्ठले महानगरले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतियोगितामा पनि प्याब्सनले सक्रिय सहभागिता जनाउँदै आएको स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे