परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जर्मनीबाट भारत प्रस्थान गरेकी छिन् । परराष्ट्र मन्त्रीको निजी सचिवालयका अनुसार युरोपको भ्रमण सकाएर उनी बुधवार त्यहीबाट भारत प्रस्थान गरेकी हुन् ।
पुस ५ गते भारतमा हुने एक आर्थिक सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुन लागेको सो सम्मेलनलाई सम्बोधन गर्नका लागि उनी भारत प्रस्थान गरेकी हुन् ।
सचिवालय स्रोतका अनुसार मन्त्री आरजु नियमित स्वास्थ्य चेक जाँच गरेर भारत हुँदै नेपाल फर्किने छिन् । उनी पुस ६ गते नेपाल आइपुग्ने बताइएको छ ।
राणाले भारतमा उच्चस्तरीय भेटघाट पनि गर्ने बताइएको छ तर भेटघाटको समय तालिका हालसम्म तय नभएको बताइएको छ । भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटघाटको समय मिलाउने काम भइरहेको समेत श्रोतले बताएको छ । त्यसका लागि परराष्ट्रमन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको बताइएको छ ।
परराष्ट्र मन्त्री आरजुको भारत भ्रमणको विषयलाई लिएर हिजो परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र नेपालका लागि कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवबिच भेटघाट भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भारत भ्रमण हुने चर्चा चलिरहेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि परराष्ट «मन्त्रालयले पनि आन्तरिक तयारी सुरु गरिसकेको छ । तर भारतबाट हालसम्म निमन्त्रणा आएको छैन ।
परराष्ट्र मन्त्री राणा केही दिनदेखि बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणमा थिइन् । हिजो जर्मनीको यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलाई समेत उनले सम्बोधन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण