ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
बिहीबार, ०४ पुस २०८१, ११ : १७
काठमाडौँ । ९७औं ओस्कार अवार्डबाट फिल्म ‘शाम्बाला’ बाहिरिएको छ । नेपालबाट अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस फिल्म उत्कृष्ट १५ फिल्मको सर्टलिस्टमा समेत पर्न सकेन ।
बुधबार अस्कर आयोजक संस्था एकेडेमी अफ पिक्चर आर्ट्स एन्ड साइन्सेसले सार्वजनिक गरेको सर्टलिस्टमा ‘शाम्बाला’ सहभागी छैन । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ केही अगाडि नेपालमा प्रदर्शनमा आएको थियो ।
फिल्मले अस्ट्रेलियाको एसिया प्यासिफिक अवार्डमा युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड, भारतको मुम्बई फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड, टर्कीको बोसफोरस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण