सर्वनाममा शुक्रबारबाट ‘पत्थरको कथा’
बिहीबार, ०४ पुस २०८१, १२ : ५९
काठमाडौँ । सर्वनाम थियटरमाले नाटक ‘पत्थरको कथा’ मञ्चन गर्ने भएको छ । विजय मल्लद्वारा लिखित आध्यात्मिक चिन्तनमा आधारित नाटक शुक्रबारबाट र शनिबार मञ्चन हुन लागेको हो ।
शोषक र शोषितको कथा प्रस्तुत गर्ने नाटकको परिकल्पना र निर्देशक सन्तोष पोखरेल र स्वीकृति मिश्र हुन् । पत्थरको कथा एकाङ्कीमा स्वैरकाल्पनिक रूपमा सामाजिक र राजनैतिक विषयवस्तुलाई प्रस्तुत गरिनेछ ।
यो एकाङ्की २००७ सालको जनक्रान्तिपश्चात् नेपाली समाजले लिएको रूप र नेपाली जनतामा उब्जेको राजनैतिक असन्तोषको चित्रण पनि हो ।
नाटकमा मदन श्रेष्ठ, श्रीजा खनाल, पूजा कुमारी शाह, सुसन उप्रेती, सोम नेपाली लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस अन्तरविरोध : दुवै पक्षका अडान पार्टी जुटाउन कि फुटाउनतिर ?
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा
-
गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
-
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण