पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौँ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ प्रतियोगिता हुने भएको छ ।
ब्याडमिन्टन संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
यस्तै पुस १२ गतेदेखि पुस १४ गतेसम्म योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ पनि सञ्चालन हुने संघले जनाएको छ । विश्व ब्याडमिन्टन महासंघ ब्याडमिन्टन एशियाको स्वीकृति तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता काठमाडौँस्थित त्रिपुरेश्वर कभर्डहलमा सञ्चालन गरिने बताइएको छ ।
प्रतियोगिताका लागि छनौट भएका आठ/आठ खेलाडीहरुले सहभागीता जनाउने संघका अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए । सिनियरमा मेन्समा ९ पुरुष र ७ महिला तथा जुनियरमा ८/८ जना महिला पुरुषको सहभागिता रहने उनले बताए ।
प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया लगायतका २२ वटा देशहरुको सहभागिता रहने छ । प्रतियोगिता ५ विधामा खेलाइनेछ । जसमा मेन्स सिंगल,वुमन्स सिंगल मेन्स डबल,वुमन्स डबल तथा मिक्स डबलमा आयोजना हुने संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण