अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
काबुल । मध्य अफगानिस्तानमा दुई वटा यात्रुवाहक बस दुर्घटनामा परेका छन् । अधिकारीहरूका अनुसार यस घटनामा कम्तीमा ५० जनाको मृत्यु भएका छन् भने र अरू दर्जनौँ घाइते भएका छन् ।
दुवै दुर्घटना राजधानी काबुल र दक्षिणी कान्धार सहरको बिचमा पर्ने गाज्नी प्रान्तको एउटै राजमार्गमा भएको बताइएको छ । घटना बुधबार अबेर रातमा भएको प्रान्तका सूचना प्रमुखले बिहीबार एक्समा जानकारी दिएका हुन् । पहिलो दुर्घटनामा बस मध्य गाज्नीको शहबाज गाउँ नजिक इन्धन बोकेको ट्याङ्करसँग ठोक्किएको थियो ।
अर्को घटनामा अन्धर जिल्लामा ट्रकसँग बस ठोक्किएको थियो । यी दुई दुर्घटनामा ५० जनाको मृत्यु भएको गाज्नी प्रान्तका गभर्नरका प्रवक्ताले भनेका छन् । तालिबान सरकारका प्रवक्ताले पनि दुर्घटनामा कूल ५२ जनाको मृत्यु भएको र अरू ६५ जना घाइते भएको बताएका छन् । अन्य अधिकारीहरूले घाइतेको संख्या ७६ जनासम्म पुगेको भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण