गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने
पोखरा । गण्डकी प्रदेशका खेलाडीले पुस ९ गतेभित्र आफूलाई दर्ता गर्नुपर्ने भएको छ । १० औँ राष्ट्रिय खेलकुदको तयारी गरिरहेको गण्डकी प्रदेश खेलकुद परिषद्ले दर्ता नभएका खेलाडीलाई प्रतियोगितामा सहभागी हुनबाट रोक्ने भएको हो ।
परिषद्का सदस्य सचिव श्रीधर शर्माले राष्ट्रिय खेलकुदको निर्देशिकामै खेलाडी दर्ता नभए खेलमा सहभागी हुन नपाउने व्यवस्था भएकोले दर्ताको लागि आह्वान गरिएको जानकारी दिए । ‘हाम्रो मात्रै निर्णय होइन, राष्ट्रिय खेलकुदको निर्देशिकामा उल्लेख छ,’ उनले भने, ‘गण्डकीका खेलाडीले पुस ९ सम्म आफूलाई दर्ता गराउनुपर्छ । नत्र प्रतियोगिताबाट वञ्चित हुनुपर्छ ।’
खेलाडीले आफ्ना जिल्ला खेलकुद विकास समिति मार्फत दर्ता गर्न सक्ने उनले बताए । आउँदो चैत्र २३ देखि ३० गतेसम्म कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यस्तै, खेल संघलाई भने २० गतेसम्म दर्ता र नवीकरणको लागि आह्वान गरिएको छ । ‘२० गतेसम्म दर्ता नभएका खेल संघलाई दर्ता रद्द गरिने छ,’ उनले भने, ‘त्यसपछि खेल संघहरुले लेटर प्याड र छाप समेत प्रयोग गर्न पाउँदैनन् ।’
परिषद्ले बिहीबार खेल संघका पदाधिकारीहरूसँग छलफल गरेको हो । छलफलमा राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि खेल सामाग्रीहरूको समुचित वितरण, खेल प्रशिक्षकहरूको नियुक्ति, खेल मैदानहरूको सुधारलगायतका विषयमा सहभागीहरूले आफ्ना सुझाव दिएका थिए । नवौँ खेलकुदमा गण्डकीले प्राप्त गरिएको उपलब्धि गुम्न नदिन योजनाबद्ध कार्यक्रम गर्नुपर्ने उनीहरूको सुझाव छ ।
छनौट कार्यक्रम गाउँपालिका तहबाट गर्नुपर्ने, प्याराग्लाइडिङलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्नुपर्ने, हरेक जिल्लामा सबै खेलका रेफ्रि उत्पादन गर्नुपर्ने लगायत सुझाव उनीहरुले दिए । परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले ११ वटै जिल्लामा खेल संघहरुको विस्तार गर्दै पालिकास्तरमा समेत खेलका गतिविधि बढाउन खेल संघहरुलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण