राजनीति
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
बिहीबार, ०४ पुस २०८१, २१ : ००
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबिच पार्टी एकताबारे छलफल भएको छ ।
गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबिच छलफल भएको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिए । उनका अनुसार छलफल सकारात्मक भएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बोलाएर निर्णय गर्ने बताएका छन् ।
अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा गौतमको निवास पुगेर छलफल गरेका हुन् । एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउन संवाद गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण