देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
काठमाडौँ । मुलुकका विभिन्न चार स्थानको तापक्रम आज माइनसमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले केही दिन अघिको तुलनामा आज न्यूनतम तापक्रम केही बढी भए पनि चार ठाउँको न्यूनतम तापक्रम भने माइनसमा रहेको जानकारी दिए ।
महाशाखाका अनुसार जुम्ला, जोमसोम, जिरी र लुक्लाको न्यूनतम तापक्रम माइनसमा छ । आज साँझ पौने ६ बजे अध्यावधिक गरिएको तापक्रम विवरणमा जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव पाँच डिग्री रहेको छ । यस्तै जोमसोमको माइनस दुई दशमलव पाँच, जिरीको माइनस शून्य दशमलव सात र लुक्लाको माइनस एक डिग्री रहेको छ ।
यसअघि मङ्सिर २९ गते जुम्लाको तापक्रम माइनस सात दशमलव दुई डिग्रीसम्म झरेको थियो । सोही दिन काठमाडौँमा न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम दुई डिग्रीमा झरेको थियो । तर आज भने काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सार्वजनिक विवरणअनुसार मङ्सिर अन्तिम साताभन्दा आज न्यूनतम तापक्रम केही माथि रहेकाले थोरै कम चिसो महसुस गरिएको छ । आज वीरेन्द्रनगरको पाँच दशमलव छ, नेपालगञ्जको १० दशमलव दुई, भैरहवाको १०, पोखराको आठ, विराटनगरको १० दशमलव पाँच र ताप्लेजुङको न्यूनतम तापक्रम छ दशमलव पाँच छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण