जयपुरमा केमिकल बोकेको ट्याङ्कर विष्फोट, ३० भन्दा बढी गाडीमा आगलागी, चार जनाको मृत्यु

नयाँदिल्ली । भारतको राजस्थानको जयपुरमा केमिकल बोकेको एउटा ट्याङ्करमा विष्फोट हुँदा आगलागी भएको छ । जयपुर–अजमेर राजमार्गमा रहेको भाङ्करोटा प्रहरी चौकी क्षेत्रमा शुक्रबार बिहान करिब ६ बजे ग्यासले भरिएको ट्याङ्करमा विष्फोट हुँदा आसपास रहेका ३० भन्दा धेरै सवारी साधनमा आगलागी भएको हो । यस घटनामा चार जनाको मृत्यु भएको छ ।
आगलागीमा परी जलेका करिब ३५ जनालाई सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको छ । तर, सवाई मानसिंह अस्पतालका एक चिकित्सकले नाम नछाप्ने शर्तमा घटनामा जलेका ४१ जनालाई अस्पतालमा ल्याइएको, तीमध्ये पाँच जनाको मृत्यु भइरहेको र बाँकी गम्भीर रूपमा जलेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ ।
प्रारम्भिक जानकारीका अनुसार ट्रकसँग ठोक्किएपछि ट्याङ्करमा विष्फोट भएको थियो । यस क्रममा ३० भन्दा बढी गाडीमा आगलागी भएको थियो । सवारी साधनको साथमा एउटा बस पनि पूर्णरुपमा जलेको बताएको छ । घटनास्थलमा अहिले पनि राहत कार्य जारी छ ।
आगो निभाउन तीन दर्जन एम्बुलेन्स र दमकलले घाइतेहरूलाई अस्पताल पुर्याउने काम गरिरहेका छन् । जयपुर–अजमेर राजमार्ग बन्द गरिएको छ । घटनाको जानकारी पाएलगत्तै मुख्यमन्त्री भजनलाल शर्मा घाइतेलाई भेट्न अस्पताल पुगेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण