जयपुरमा केमिकल बोकेको ट्याङ्कर विष्फोट, ३० भन्दा बढी गाडीमा आगलागी, चार जनाको मृत्यु
नयाँदिल्ली । भारतको राजस्थानको जयपुरमा केमिकल बोकेको एउटा ट्याङ्करमा विष्फोट हुँदा आगलागी भएको छ । जयपुर–अजमेर राजमार्गमा रहेको भाङ्करोटा प्रहरी चौकी क्षेत्रमा शुक्रबार बिहान करिब ६ बजे ग्यासले भरिएको ट्याङ्करमा विष्फोट हुँदा आसपास रहेका ३० भन्दा धेरै सवारी साधनमा आगलागी भएको हो । यस घटनामा चार जनाको मृत्यु भएको छ ।
आगलागीमा परी जलेका करिब ३५ जनालाई सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको छ । तर, सवाई मानसिंह अस्पतालका एक चिकित्सकले नाम नछाप्ने शर्तमा घटनामा जलेका ४१ जनालाई अस्पतालमा ल्याइएको, तीमध्ये पाँच जनाको मृत्यु भइरहेको र बाँकी गम्भीर रूपमा जलेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ ।
प्रारम्भिक जानकारीका अनुसार ट्रकसँग ठोक्किएपछि ट्याङ्करमा विष्फोट भएको थियो । यस क्रममा ३० भन्दा बढी गाडीमा आगलागी भएको थियो । सवारी साधनको साथमा एउटा बस पनि पूर्णरुपमा जलेको बताएको छ । घटनास्थलमा अहिले पनि राहत कार्य जारी छ ।
आगो निभाउन तीन दर्जन एम्बुलेन्स र दमकलले घाइतेहरूलाई अस्पताल पुर्याउने काम गरिरहेका छन् । जयपुर–अजमेर राजमार्ग बन्द गरिएको छ । घटनाको जानकारी पाएलगत्तै मुख्यमन्त्री भजनलाल शर्मा घाइतेलाई भेट्न अस्पताल पुगेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण