स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दै बागमती प्रदेश सरकार
मकवानपुर । बागमती प्रदेश सरकारले खेलकुदका विभिन्न विधामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको तयारी गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद् मार्फत विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिको तयारी गरेको हो ।
बुधवार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले शुक्रबार स्वयंसेवक प्रशिक्षकको रूपमा सूचिकृत हुन सूचना समेत जारी गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरू सूचिकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुका लागि सूचना जारी गरेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए ।
उनका अनुसार स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरूले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने हुन्छ । परिषद्ले करातेमा ४, उसुमा ३, एथलेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिडमा ३, टेबल टेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आई.टि.एफ. तेक्वान्दोमा १ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि निवेदन माग गरेको छ ।
प्राप्त निवेदनका आधारमा लिखित परीक्षा तथा अन्तरवार्ता मार्फत प्रशिक्षकहरू नियुक्त गरिने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार छनौट भएका प्रशिक्षकहरू नियुक्त गरी माग भएका जिल्लाहरूमा खटाइने छ । प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयंसेवक पशिक्षकहरु खटाइने उनको भनाई छ । स्वयंसेवक प्रशिक्षकले सेवा गरे बापत मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने मन्त्री महर्जनले बताए । छनौट भएका स्वयंसेवक प्रशिक्षकलाई ६ महिनाको करार नियुक्त गरिने र सो पश्चात् आवश्यकताका अनुसार पुनः करार नवीकरण गरिने उनको भनाई छ ।
स्वयंसेवक प्रशिक्षकका लागि नेपाली नागरिकले प्रशिक्षकको तालिम प्राप्त गरेको प्रमाणपत्र वा अनुमति पत्र, सम्बन्धित खेलको दक्षता, अनुभव भएको, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गरेको भए सो प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन पेस गर्न सक्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण