धरानमा सांस्कृतिक महोत्सव हुँदै
धरान । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन भन्ने मूल नाराका साथ पुस ७ गते आइतबारदेखि १७ सम्म महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।
नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्थाको आयोजना र त्रिवेणी महिला समूह धरानको सहआयोजनामा धरान उपमहानगरपालिका १५ बगरकोट एभरेष्ट लाइनमा हुन लागेको क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए । उनले भने, “उक्त महोत्सवमा मौलिक र जातीय पकिारसहितको अग्र्यानिक खानाको विशेष व्यवस्था गरिएको छ ।”
महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनुका साथै महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चादेखि सबै उमेर समूहका नागरिक रमाउन सक्नेगरी रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकीमाउसलगायत खेलकुदका सामग्रीको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी दिए ।
महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशुल्क रहने र अपराह्न ४ः०० बजेपछि कालाकारहरूको उपस्थितिलाई मध्यनजर गर्दै शुल्क निर्धारण गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण