त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा फेवा संवाद सुरु
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन (फेवा संवाद २०२४) को आयोजना गरेको छ । चीनको सिचुआन विश्वविद्यालयसँगको सहकार्यमा पोखरामा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको पहिलो दिन बिहीबार पूर्वराष्ट्रपति विद्यादेवी भट्टराईले उद्घाटन गरेकी छन् ।
आज सकिने सम्मेलनमा नेपालसहित चीन, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान, मलेसिया, सिंगागुर र इन्डोनेसियाका विज्ञहरू सहभागिता रहेको छ । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आबद्धतालाई अवसरको रूपमा प्रयोग गर्ने उद्देश्यले पहिलो पटक सम्मेलनको आयोजना गरिएको त्रिविका प्रवक्ता एमनसिंह बोहराले जानकारी दिए ।
सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका साथै प्रविधि र विकासको साझेदारी र अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । उक्त सम्मेलनले विश्वका प्रभावशाली सहकार्य गरी मुलुकको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
सम्मेलनको उद्घाटनमा शिक्षामन्त्री विद्या भट्टराई, त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, पूर्व मन्त्रीहरू कमल थापा, डाक्टर युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डाक्टर प्रकाशशरण महत लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण