कलेज सञ्चालक नै उपकुलपतिको दौडमा
पोखरा । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि कलेज सञ्चालक नै अघि सरेको पाइएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र अल्पाइन म्यानेजमेन्ट कलेजका सञ्चालक प्राडा बेदराज केसी उपकुलपतिको दौडमा देखिएका हुन ।
नेकपा एमाले निकटको प्राध्यापक संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका केसी उपकुलपतिका लागि पहिलो सूचीमा छन् । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएकामध्ये केसीसहित १२ जनाको नाम स्वीकृत भएको थियो । उनीहरूको विश्वविद्यालय सुधारको सोचपत्र र रणनीतिक सुधार योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता समेत भइसकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ कात्तिक २४ गते पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ जारी गरेको थियो । उक्त कार्यविधि अनुसार नै समितिले आवेदन आह्वान गरेको थियो ।
कार्यविधिले दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको भन्ने छ । तर, उनी एमाले निकट प्राध्यापक संगठनको केन्द्रीय अध्यक्ष हुन् । उनै अध्यक्ष केसी स्वीकृति भएको सूचीको पहिलो नम्बरमा छन् ।
त्यस्तै कार्यविधिले पोखरा विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको ब्यहोरा खुलेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । तर उनी पोखरा विश्वविद्यालयबाटै सम्बन्धनप्राप्त कलेज अल्पाइन म्यानेजमेन्ट कलेजका एकेडेमिक एडभाइजर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण