रिहा भएपछि दुर्गा प्रसाईंले भने– मेरो लडाइँ जारी रहन्छ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् ।
उनले भने, ‘मेरो लडाई जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरुले बोल्नु पर्ने आज मैले बोल्नुपर्यो ।’
अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताए । उनले अव आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण