फिल्म मेकिङ मास्टरक्लास सिक्स बडिज्को ’सिगरेट’ बन्यो उत्कृष्ट
काठमाडौँ । चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्म मेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । ५८ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको माष्टरक्लासको अन्त्यमा सहभागीहरूले ७ समूहहरू फेम चेजर्स, टिम यूनिटी, टिम लायन, रोरिङ ईगल, सिक्स बडिज्, टिम सुन्य, र्याण्डम क्रियटर्श नामबाट विभाजित भएर २४ घण्टामा लघु चलचित्रहरू बनाएर प्रतिस्पर्धात्मक रूपमा प्रदर्शन समेत गरेका थिए ।
अंग्रेजी तथा अन्य विदेशी चलचित्र सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिको उद्देश्यका साथ सुरू गरिएको यस माष्टरक्लासलाई अष्ट्रेलियामा चलचित्रमा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले नेतृत्व गरेका थिए ।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन्न मुभि स्कृनीङ एवं फिल्ममेकिङ मास्टरक्लास क्लोजिङ समारोहको चलचित्र प्रतिस्पर्धाको निर्णायकहरूमा पूर्णेन्दु झा, दिपेन्द्र गौचन , सुशन प्रजापति, गौतम धिमाल रहेका थिए । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले सहभागि तथा विजेतालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रम सिनेपाल स्टुडियो, भैसेपाटीमा सञ्चालन भएको थियो । टिम सिक्स बडिज्ले निर्माण गरेको चलचित्र सिगरेटले अभिनय, निर्देशन, कला, स्कृप्ट प्रोडुशरसहित उत्कृष्ट चलचित्र बन्न सफल भयो । यो चलचित्रलाई कथा निरादेशन आर.डि लामाले गरेका थिए । त्यस्तै टिम युनिटीले चलचित्र ‘गिल्टी’ले साउण्ड, छायांकन र सम्पादन अवार्ड जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण