भारतविरुद्ध नाथनको ठाउँमा कोनस्टास, १९ वर्षको उमेरमै टेस्ट डेब्यू
काठमाडौं । अष्ट्रेलियाले भारतविरुद्धको अन्तिम दुई टेस्ट श्रृंखलाका लागि नाथन म्याकस्वीनीलाई हटाएर १९ वर्षीय व्याटसम्यान साम कोनस्टासलाई इन्ट्रि गराएको छ । कोन्स्टास इयान क्रेगपछि अस्ट्रेलियाको सबै भन्दा कम उमेरका टेस्ट व्याट्सम्यान बन्ने दौडमा छन् । सन् १९५३ मा इयान क्रेगले सबैभन्दा कम उमेरमा टेस्ट खेल्ने व्याट्सम्यानको रेकर्ड बनाएका थिए ।
अष्ट्रेलिया मुख्य चयनकर्ता जर्ज बेलीले भनेका छन्, ‘भारतको आक्रामक बलिङसामु यो अलग्गै अवसर हुनेछ ।’ उनले सामको शैली नाथनभन्दा अलग्गै रहेको बताउँदै त्यही बाटोमा आफुहरु जानुपर्ने बताए ।
यो सिजनको सुरुवातमै कोनस्टासले शेफिल्ड शील्डमा दक्षिण अष्ट्रेलियाविरुद्ध दोहोरो शतक बनाएका थिए । जुन् १९९३ मा रिकी पोन्टिङले बनाएका थिए । पोन्टिङपछि त्यसरी कम उमेरमै दोहोरो शतक प्रहार गर्ने खेलाडी बनेका छन्, कोनस्टास ।
यदि दायाँहाते व्याट्सम्यानको चुनिएका खण्डमा उनी वहालवाला कप्तान पट कुमिन्सपछि अष्ट्रेलियाको सबैभन्दा कम उमेरमा टेस्ट डेब्यु गर्ने खेलाडी बन्ने बताइएको छ । कुमिन्स सन् २०११ म दक्षिण अफ्रिकाविरुद्ध खेल्दा जम्मा १८ वर्ष १९३ दिनको उमेरका थिए ।
भारतविरुद्धको खेलमा को-को उत्रिँदैछन् मैदान ?
पट कुमिन्स (कप्तान)
ट्रविस हेड
स्टीभ स्मिथ
सीन एबोट
स्कट बोल्याड
एलेक्स क्यारी
जोश इंग्लिश
उस्मान ख्वाजा
साम कोनस्टास
मार्नस लाबुशेन
नाथन लियों
मिचेल मार्श
झाय रिचर्डशन
मिचेल स्टार्च
ब्यू वेबस्टर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण