सिरियाका नयाँ नेताको टाउकोमा राखिएको १ करोड डलर पुरस्कार अमेरिकाले हटायो
शनिबार, ०६ पुस २०८१, ०९ : ४३
वासिङ्टन । अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल-शराको टाउकोमा राखिएको इनाम हटाएको छ। अहमद अल-शरामाथि अमेरिकाले १ करोड डलर इनाम राखेको थियो । अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ र हयात तहरीर अल-शामका प्रतिनिधिहरूसँगको भेटपछि यो कदम चालेको हो।
अहमद अल-शरा विद्रोही समूह हयात तहरीर अल-शामका प्रमुख हुन्। अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफले शरासँगको वार्ता ‘धेरै फलदायी’ भएको र शरा निकै ‘व्यावहारिक’ भएको बताएकी छन् ।
सिरियाली राष्ट्रपति बशर अल असदलाई सत्ताबाट हटाएपछि अमेरिकी प्रतिनिधिमण्डल सिरिया पुगेको थियो । अमेरिकाले अझै पनि अहमद अल-शराको सङ्गठन हयात तहरीर अल-शामलाई आतंकवादी संगठन मानेको छ।
अहमद अल-शराको संगठन हयात तहरीर अल-शामको अल कायदासँग सम्बन्ध छ । त्यसैले अमेरिकाले उनीमाथि एक करोड डलरको इनाम राखेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण