एनपीएल क्रिकेटमा सुनिएको विभेदको आलोचना
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा केही व्यक्तिबाट विभेदकारी टिप्पणी भएको विषयमा आलोचना भएको छ । प्रतियोगिताको फाइनलअघि कतिपयले गैरजिम्मेवार ढङ्गले जातीय विभेद र नश्लीय टिप्पणीहरू गरेको पाइएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजेदेखि सुरु हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त हुनेछ । यी दुईमध्ये जसले खेल जितेपनि ऐतिहासिक उपाधि हुने छ ।
तर, खासगरी जनकपुर बोल्ट्सका समर्थकहरू र मधेसी समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा टिप्पणी भएपछि देश जोड्ने प्रतियोगितामा भएका अराजक हर्कतको विरोध भएको हो। क्रिकेटसम्बन्धी विभिन्न प्लेटफमका साथै एक्सन स्पोट्सको लाइभ स्ट्रिममा असभ्य टिप्पणी भएको पाइएको हो ।
यस्ता अराजक गतिविधिलाई निरुत्साहित गर्दै आपसी सद्भाव कायम गरेर संयमता अपनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण