श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण : केन्द्रीय बैङ्क
शनिबार, ०६ पुस २०८१, १२ : १९
कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ । राष्ट्र बैङ्कका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १० दशमलव ८ प्रतिशत र सेवा गतिविधि २ दशमलव ६ प्रतिशतले बढेको छ ।
अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए तापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ । रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैङ्कले जनाएको छ ।
सन् २०२४ को पहिलो दश महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ १० दशमलव ७ प्रतिशतले बढेको केन्द्रीय बैङ्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण