औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालनसम्बन्धी कार्यविधि सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । सरकारले औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि -२०८१ सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको हो ।
मुलुकको औद्योगिक विकासका लागि लघु, घरेलु तथा साना उद्योग विकास औद्योगिक प्रवर्धन, रुग्ण उद्योगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन एवं महिला उद्यमशीलताको विकास गर्न यो कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो कार्यविधि औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५१ बमोजिम औद्योगिक लगानी प्रवर्धन कोषको रकम उपयोग गर्ने सम्बन्धमा प्रक्रियागत व्यवस्था गर्न औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी बनाइएको हो ।
यो कार्यविधिअनुसार लघु उद्यम, घरेलु तथा साना उद्योग विकाससम्बन्धी कार्य, प्रविधिसम्बन्धी, औद्योगिक प्रवर्धनसम्बन्धी र रुग्ण उद्योगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन, महिला उद्यमशीलता विकाससम्बन्धी कार्य गर्न सकिनेछ ।
यी कार्य सञ्चालनका लागि सम्बन्धित केन्द्र तथा विभागले सञ्चालन गर्न सक्नेछन् । साथै यी कार्यक्रमको लागि अनुदान प्रदान गर्ने गरी यस कार्यविधिबमोजिम कार्यक्रम सञ्चालन गर्दा रकम लगानी तथा खर्च गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण