नेपाल प्रिमियर लिग क्रिकेट
जनकपुरले दोस्रो विकेट गुमायो
शनिबार, ०६ पुस २०८१, १५ : ०४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएको छ । मोहम्मद बोहसिन ९ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
सुदूरपश्चिम रोयल्सका ईशान पाण्डेले विकेट लिन सफल भए । १० ओभरमा २ विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण