जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी
काठमाडौँ । जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
फाइनलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
उनले कहिले कहीँ रनमा मात्र ध्यान हुने भए उल्लेख गर्दै ललितको प्रदर्शन नै खेलको महत्वपूर्ण पक्ष रहेका बताए । ललितले ब्याटिङ पिचमा पनि राम्रो बलिङ गरेको प्रशिक्षक पुबुदुको भनाइ छ । आफू जनकपुरको प्रशिक्षक भएर मात्र ललितलाई समर्थन नगरेको र उनी नै प्रतियोगिताको प्रमुख खेलाडी रहेको उनी बताउँछन् ।
यद्यपि उनले दीपेन्द्र सिंह ऐरीले पनि राम्रो खेलेको बताए । उनले पावर प्लेमा आसिफ शेख र लाहिरु मिलन्थाले खेलको माहोललाई परिवर्तन गराएको प्रतिक्रिया दिए । उनले यस एनपिएलमा नेपालका सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गरेको छ ।
यो नै सुखद पक्ष रहेको उनी बताउँछन् । स्टार खेलाडीसँग एउटै ड्रेसिङ रुम सेयर गर्न पाउँदा उनीहरूमा थप आत्मविश्वास बढ्ने उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण