अनिता कोइरालाको ‘उज्यालो औँसी’माथि चकटी बहस
काठमाडौँ । आख्यानकार तथा पछिल्लो समयकी सक्रिय समीक्षक अनिता कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’माथि विमर्श भएको छ । शुक्रबार मार्टिन चौतारीमा डा. गिता त्रिपाठीले कोइरालाको उपन्यासको चर्चा गरेकी थिइन् ।
पठन संस्कृतिको विकासका लागि विविध काम गर्दै आएको बुकाहोलिक्सले मासिक रूपमा चकटी बहसमा एउटा कृतिमाथि अन्तरक्रिया गर्दै आएको छ । यसै क्रममा कोइरालाको उपन्यास उज्यालो औँसीमाथि त्रिपाठीले समीक्षात्मक टिप्पणी गरिन् ।
संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासमा उपन्यासकारले अनुभूतिको करुणामय अवस्था चित्रण गरेको समालोचक त्रिपाठीले बताइन् ।
उपन्यासमा उल्लेख गरिएका कतिपय प्रसंगले आफूलाई पनि पूर्वस्मृतिमा पुर्याएको उनको भनाइ थियो । त्रिपाठीले कृतिमाथि टिप्पणी गर्दै त्यसभित्रका केही कमी कमजोरीहरू पनि केलाइन् । उपन्यासमा चरित्रांकनमा त्रुटी भएको र नाटकीयता बढी भएकोतर्फ पनि उनले औंल्याइन् ।
उपन्यासकार कोइरालाले पनि कार्यक्रममा आफ्नो लेखकीय धारणा राखेकी थिइन् । विमर्शमा राधिका कल्पित, अनिता पन्थी, भगवति खतिवडा, राजकुमार बानियाँलगायतले आफ्नो पाठकीय टिप्पणी राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण