ब्राजिलमा बस–ट्रक जुध्दा ३८ जनाको मृत्यु
साओ पाउलो । दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको एक राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ । शनिबार बिहानको यस घटनामा अन्य धेरै घाइते भएको बताइएको छ । अधिकारीहरूका अनुसार दुर्घटनापछि अन्य १३ जना घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । साओ पाउलोबाट हिँडेको बसमा ४५ जना यात्रुहरू सवार थिए ।
बसको टायर फुट्दा चालकले नियन्त्रण गुमाएपछि बस ट्रकसँग ठोक्किएको बताइएको छ । सञ्चार माध्यमहरूमा छापिएका खबरअनुसार केही प्रत्यक्षदर्शीहरूले ग्रेनाइटको टुक्रा बसमा ठोक्किएको पनि बताए । यसका कारण तीन यात्रु सवार अर्को कार पनि बससँग ठोक्किएका थिए । तर कारमा सवार सबै यात्रुको सकुशल उद्धार भएको छ ।
यस वर्षको अहिलेसम्मको अवधिमा ब्राजिलमा ट्राफिक दुर्घटनाका कारण१० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण