अल्बानियामा पनि टिकटकमाथि प्रतिबन्ध
तिराना । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक अल्बानियामा पनि प्रतिबन्धित भएको छ । अल्बानियाका प्रधानमन्त्री एडी रामाले एपमाथि एक वर्षसम्म प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गएको महिना एक जना विद्यार्थीको हत्यापछि बालबालिकामा यसले पारेको प्रभावबारे चिन्ता र चासो बढाइरहँदा यो निर्णय गरिएको हो । प्रस्तावित प्रतिबन्ध जनवरीदेखि सुरु हुने रामाले भनेका छन् ।
यस प्रतिबन्धबारे टिकटकले भने अल्बानियन सरकार तत्कालै स्पष्टीकरण सोध्ने बताएको छ । १४ वर्षको बालकका चक्कु हानेर मारेको आरोप लगेका पुरुषको आफ्नै टिकटक खाता भए नभएको प्रमाण फेला नपरेको कम्पनीले बीबीसीसँगको कुराकानीमा भनेको थियो । राजधानी तिरानामा शिक्षक, अभिभावक र मनोवैज्ञानिकहरूसँग प्रधानमन्त्रीले भेटघाट गरेका थिए । यस भेटमा उनले टिकटकलाई ‘छिमेकको ठग’ भनेका थिए ।
यसै क्रममा उनले एपलाई एक वर्षसम्म देशबाट निष्कासन गर्ने बताए । यसको सट्टामा सरकारले विद्यार्थीहरूको शिक्षाका लागि कार्यक्रम सुरु गर्ने अनि बालबालिकाको बाटो पछ्याउन अभिभावकहरूलाई सहयोग गर्ने योजना ल्याइने बताएका थिए । दक्षिणी तिरानाको एक विद्यालय नजिक भएको लडाईमा १४ वर्षको विद्यार्थीको हत्या भएको अनि अर्का एक जना घाइते भएको एक महिना नबित्दै अल्बानियामा टिकटकमाथि प्रतिबन्ध लगाउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण