भैरहवाका मुख्य चोकमा ‘फ्री वाईफाई जोन’
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानलाई ‘फ्री वाई फाई जोन’ बनाएको छ। सिद्धार्थ नगरपालिकाले स्थलमार्ग हुँदै धेरै पर्यटकको आवागमन हुने बेलहिया नाका, सिद्धार्थ बसपार्क, देवकोटा चोक, मिलन चोक र बुद्ध चोक गरी पाँच स्थानमा फ्री वाई फाई जोन बनाएको हो ।
नगरप्रमुख इश्तियाक अहमद खाँले आफ्नो चुनावी घोषणा एवं प्रतिबद्धता अनुरूप नगरका मुख्य भागलाई फ्री वाई फाई जोन बनाएको जानकारी दिए। उनले अहिलेको इन्टरनेट सेवा सबैलाई सहज होस् भनेर नगरका विभिन्न स्थानमा फ्री वाई फाई सेवा जडान गरिएको बताए ।
नगरबासी, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई देश–विदेशका सूचना समाचारका साथै नगरपालिकाको मोबाइल एप्स, वेबसाइटबाट प्रवाह गरिने अनलाइन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरूमा छिटोछरितो तथा सजिलै पहुँच हुने उद्देश्यका साथ फ्री वाई फाई जडान गरिएको उनको भनाइ छ। अहिले भैरहवाका पाँच स्थानमा फ्री वाई फाई सेवा सुचारु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण