सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारी प्रकरण : रविपत्नी निकिता पौडेल पनि प्रतिवादी
आइतबार, ०७ पुस २०८१, १३ : ४१
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ ।
पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले रातोपाटीलाई जानकारी दिइन् ।
रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछाने विरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता काफ्लेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधिमा ?
-
नक्कली ओम शर्मा बनेर ओम उपाध्यायको ठगी धन्दा, प्रहरीलाई ध्यानाकर्षण
-
सगरमाथा संवादको निष्कर्ष कार्यान्वयन गर्न कार्ययोजना तयार : वनमन्त्री
-
मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच सम्झौता
-
सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीलाई भने – व्यवसाय धराशायी हुन्छ, पुनः विचार गरियोस्
-
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख