त्रिवि सभाको अनौपचारिक बैठकमा भएन कुनै निर्णय
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको अनौपचारिक बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे तीन घण्टासम्म चलेको बैठकका कुलपति केपी शर्मा ओलीले विद्यार्थीका ऐजेण्डामा केन्द्रित हुन निर्देशन दिएका छन्।
अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्रिविको ५०औँ दीक्षान्त समारोहपछि पुनः बैठक राख्न निर्देशन दिए । उक्त बैठकमा विद्यार्थीका ऐजेण्डामा केन्द्रित भएर आउन र त्यसका लागि पूर्ण तयारी गरेर आउन भनेका हुन् ।
गत मंसिर २७ गते बसेको नीति अधिवेशनमा छलफल नपुगेको भन्दै ओलीले आइतबार बैठक बोलाउन निर्देशन दिएका थिए । सोही आधारमा आइतबार अनौपचारिक बैठक बसेको थियो ।
बैठकमा शिक्षक कर्मचारी, विद्यार्थी नेताहरूले आफ्ना तर्फबाट धारणा राखेका थिए । विश्वविद्यालय विद्यार्थी केन्द्रित हुनुपर्ने उनीहरूको धारणा थियो ।
कुलपति ओलीले सभा सदस्यहरूलाई आगामी बैठकमा लिखित एजेन्डा पेस गर्न भनेका हुन् । त्यस्तै त्रिविका पदाधिकारीहरूलाई बृहत् होमवर्क गरेर आउन भनेका हुन् ।
आइतबारको बैठक अनौपचारिक भएकाले कुनै निर्णय भने हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण