मन्त्रिपरिषद बैठक
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
आइतबार, ०७ पुस २०८१, १७ : १०

काठमाडौँ । सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिको अध्यक्षमा सुवेदीको मनोनयनसहित १९ वटा निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरको निर्वाचनमा सत्तारुढ दलको निर्णायक जित
-
बलेवा–मालढुङ्गा खण्ड स्तरोन्नति गरिँदै
-
अमरदीप सुनुवारका तीन कविता
-
अस्पतालको भवन निर्माणमा १ करोड ८४ लाख भ्रष्टाचार आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रियसभा अध्यक्षको रूलिङ
-
रेशमलाई जेल पठाउन वैशाख १६ गतेदेखि नै महिमानको चलखेल