लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न कर्णालीमा पुनर्स्थापना केन्द्र सञ्चालन गरिने

सुर्खेत । कर्णाली प्रदेशमा लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गरिने भएको छ । प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त कुराको जानकारी गराएका हुन् ।
आइतबार वीरेन्द्रनगरमा आयोजित लागुपदार्थ दुर्व्यसनी, बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार एवं लैङ्गिक हिंसाका घटना सम्बन्धी सामाजिक सवाल र सरोकारवालाहरूको आगामी कार्यदिशा सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै भण्डारीले कर्णालीमा बढ्दो लागुपदार्थ सेवनकर्ताका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गरिने बताए ।
उनका अनुसार त्यसका लागि नेपाल प्रहरीद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रसँग समन्वय गरी त्यसको शाखा सुर्खेतमा सञ्चालन गरिने छ । ‘सकेसम्म यही आर्थिक वर्षभित्रै सञ्चालन गरिने छ,’ उनले भने ।
साथै भण्डारीले समाजमा हुने हिंसाजन्य घटनाहरू कम गर्न मानवीयताको आधारमा व्यवहार गर्नुपर्ने सुझाव दिए । जनावरलाई माया गर्ने र मानिसबिच विभेद गर्ने व्यवहारका कारण हिंसा बढिरहेको उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार