लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न कर्णालीमा पुनर्स्थापना केन्द्र सञ्चालन गरिने
सुर्खेत । कर्णाली प्रदेशमा लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गरिने भएको छ । प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त कुराको जानकारी गराएका हुन् ।
आइतबार वीरेन्द्रनगरमा आयोजित लागुपदार्थ दुर्व्यसनी, बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार एवं लैङ्गिक हिंसाका घटना सम्बन्धी सामाजिक सवाल र सरोकारवालाहरूको आगामी कार्यदिशा सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै भण्डारीले कर्णालीमा बढ्दो लागुपदार्थ सेवनकर्ताका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गरिने बताए ।
उनका अनुसार त्यसका लागि नेपाल प्रहरीद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रसँग समन्वय गरी त्यसको शाखा सुर्खेतमा सञ्चालन गरिने छ । ‘सकेसम्म यही आर्थिक वर्षभित्रै सञ्चालन गरिने छ,’ उनले भने ।
साथै भण्डारीले समाजमा हुने हिंसाजन्य घटनाहरू कम गर्न मानवीयताको आधारमा व्यवहार गर्नुपर्ने सुझाव दिए । जनावरलाई माया गर्ने र मानिसबिच विभेद गर्ने व्यवहारका कारण हिंसा बढिरहेको उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण