रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा म्यानयुले सेभियालाई ४-२ को अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
रियल दोस्रोमा उक्लिएसँगै शीर्षस्थानबाट पछारिएको बार्सिलोना थप एक स्थान तल तेस्रो स्थानमा पुगेको छ । रियलको पहिलो खाता केलियन एम्बाप्पेले खाता खोले भने भालभार्डी, रोड्रिगो र ब्राहिम डाएजले थप गोल गरे ।
पाहुना टोलीका रोमेरो र लुकेबाकियोले गोल फर्काए । जितसँगै रियलले शीर्ष स्थानको एटलेटिको मड्रिडसँग अंकदुरी छोट्याएको छ ।
शीर्षस्थानको एटलेटिकोको १८ खेलबाट ४१ अंक हुँदा रियलको ४० अंक छ । यस्तै, तेस्रो स्थानमा झरेको बार्सिलोनाको १९ खेलबाट ३८ अंक छ । यस्तै, ला लिगामै लस पल्मसले स्पानियोललाई १-० ले हराउँदा भ्यालेन्सिया र डेपोर्टिभो अलाभेसले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण