विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
सोमबार, ०८ पुस २०८१, ०८ : ००
खोटाङ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८ विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ ।
तत्कालीन संविधासभा सदस्य विशाल भट्टराई तथा गैरसरकारी संस्थाका सहयोगमा न्यायोकपडा वितरण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसोबाट जोगाउन ज्याकेट वितरण गरिएको उनले जानकारी दिए ।
ती विद्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सल्लाहकार सदस्य हरि पोखरेल, कोशी प्रदेश उपसचिव देवान राई, प्रदेश सचिवालय सदस्य विणादेवी राई, प्रदेश सदस्य सुनिल राई, एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, उपाध्यक्ष कुमार आचार्यलगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठान सबैले सहयोग गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण