नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबिच सम्झौता
सोमबार, ०८ पुस २०८१, १३ : २४
काठमाडौँ । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई २५ प्रतिशतले छुट हुने भएकोे बैंकले जनाएको छ ।
उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि को तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरेको बैंकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण